आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोटमा नेपाल र म्यानमार खेल्दै

 असोज १७, २०७५ बुधबार ७:१२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

क्षेत्रीय छनोटको विजेता बन्दै दोस्रो चरण प्रवेश गर्ने लक्ष्यका साथ मलेसिया भ्रमणमा निस्किएको नेपालले अाज म्यानमारविरुद्ध खेल्दै आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ यात्राकाे सुरुअात गर्दै छ।

नेपाल र म्यानमारबीचकाे खेल नेपाली समय अनुसार मध्याह्न सवा १२ बजेदेखि सुरु हुने छ । मलेसिया भ्रमणमा निस्कनुअघि कप्तान पारस खड्काले आफूहरू समूहविजेताकै हैसियतमा अघिल्लो चरण प्रवेश गर्ने बताएका थिए ।

प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को छनोटमा नेपाल, आयोजक  मलेसिया, थाइल्यान्ड, भुटान, चीन, म्यानमार र सिंगापुर छन् । नेपालले भने दोस्रो खेल अक्टोबर ६ मा मलेसियासँग खेल्नेछ । त्यस्तै नेपालले अक्टोबर ७ मा थाइल्यान्ड, अक्टोबर ९ मा भुटान, अक्टोबर १० मा चीन र अक्टोबर १२ मा सिंगापुरसँग खेल्नेछ।

समूहका शीर्ष तीन स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान पक्का गर्नेछन् । युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन् । अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

टोलीमा भरपर्दा ब्याट्सम्यान शरद भेषावकर र ओपनर प्रदीप ऐरीको पुनरागमन टोलीका लागि फलदायी हुने प्रशिक्षक जगत टमाटाले बताए । प्रदीपले २०१५ पछि पहिलो पटक राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् भने नेदरल्यान्ड्स भ्रमणमा औंलामा चोट लागेपछि शरद् पनि मैदानबाहिर थिए ।

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया