भारतले अन्तरिक्षमा पठाएको काउलीको बिउमा टुसा पलायो
पुस २१, २०८१ आइतबार
कैलाली - कैलालीको टीकापुर नगरपालिका–१ ज्योतिनगरका लक्ष्मण चौधरी कर्णाली माध्यमिक विद्यालयमा अहिले कक्षा १० मा अध्ययन गरिराख्नुभएको छ । शुक्रवार उहाँ विद्यार्थीको रुपमा नभइ उम्मेदवारको रुपमा प्रस्तुत हुनुभयो । विद्यालयले विद्यार्थीलाई पाठ्यक्रममा समावेश भएअनुसार चुनावमा मतदान प्रक्रियाका बारेमा कक्षा १० का विद्यार्थीलाई नमुना मतदान कार्यक्रम गर्दा लक्ष्मण उम्मेदवारको रुपमा प्रस्तुत हुनुभएको हो ।
'हामीलाई चुनाव हुन्छ भन्ने कुरा थाहा थियो । चुनाव गर्दाको प्रक्रियाका बारेमा अध्ययनभन्दा अतिरिक्त क्रियाकलापले धेरै सिक्ने अवसर मिलेको छ', लक्ष्मणले भन्नुभयो, 'चुनावको मुखैमा भएको नमुना मतदानले हामीलाई निकै फाइदा गर्नेछ । कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत पारस शाही नमुना मतदानले घरमा अभिभावकलाई मतदानसम्बन्धी शिक्षा दिन सहयोग मिल्ने बताउनुहुन्छ । आउँदो चुनावसम्म हामी पनि मतदान गर्ने उमेरको हुन्छाैँ । अहिले सिकेको सीप भोलि काम लाग्छ । पारसले भन्नुभयो, 'घरमा अभिभावकलाई पनि मतदान गर्न सिकाउने अवसर नमुना मतदानले दिएको छ ।'
मेरिका ढुङ्गानाले मनोनयन दर्तादेखि चुनावका लागि आवश्यक प्रक्रिया पूरा गरेर भएको नमुना मतदानले समुदायमा मतदान शिक्षा नपाएका नागरिकलाई सिकाउन सक्ने क्षमताको विकास भएको बताउनुहुन्छ । 'अहिले चुनावको समय छ । हामीले सिकेको ज्ञान आफ्ना लागिभन्दा अभिभावक र समुदायका लागि काम लाग्ने छ', मेरिकाले भन्नुभयो, 'सिकेको शिक्षा अभिभावकलाई र समुदायलाई भन्छौँ । जसका कारण अहिलेको चुनावमा मत बदर घटाउन सहयोग पुग्छ ।'
कक्षा १० का विनोद जोशी नमुना मतदानमा मतदान अधिकृतको भूमिकामा रहनुभयो । मतदान अधिकृतले खेल्ने भूमिकाले आफूलाई चुनावको महत्त्वका बारेमा सक्षम बनाएको उहाँको भनाइ छ । 'पढेर सिकेको कुराभन्दा गरेर सिकेको कुरा सहज हुने रहेछ', जोशीले भन्नुभयो, 'हामीमा आमचुनावमा मतदातालाई शिक्षा दिन सक्ने क्षमताको विकास नमुना मतदानले भएको छ । आवश्यक परे समुदायका नागरिकलाई मतदान शिक्षा दिन सक्छौँ ।'
यस विद्यालयमा कक्षा १० को सामाजिक विषयमा भएको पाठ्यक्रमअनुसार नमुना मतदान प्रक्रिया सुरु गरिएको हो । चुनावमा सहभागी उम्मेदवार, मतदाता, निर्वाचन अधिकृत, मतदान अधिकृत, सुरक्षाकर्मी, स्वयंसेवकसहित आवश्यक सबै प्रक्रिया पूरा गरेर नमुना मतदान पूरा गरेको विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले बताउनुभयो ।
'हप्ताको शुक्रवार हुने अतिरिक्त क्रियाकलापअन्तर्गत नमुना मतदान गरेका हौँ । यसले विद्यार्थीलाई चुनाव गर्दा पर्ने प्रक्रियाको बारेमा शिक्षा प्रदान गर्नेछ । घरमा चुनावको समय भएको हुँदा अभिभावकलाई मतदान गर्न सिकाउने माध्यम पनि बन्न सक्छ', प्रधानाध्यापक शर्मा भन्नुहुन्छ, 'विद्यार्थीले पनि नमुना मतदानमा निकै उत्सुकता देखाएका छन् । विद्यार्थीलाई ज्ञानभन्दा घरमा अभिभावकलाई सिकाउने प्रतिक्रिया विद्यार्थीबाट पाएका छौँ ।'
उहाँले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानभन्दा प्रयोगात्मक ज्ञानमा जोड दिइएको बताउनुभयो । 'सैद्धान्तिक ज्ञानले भन्दा व्यावहारिक ज्ञानले विद्यार्थीमा छिटो सिकाइ हुनेभएकाले त्यसतर्फ बढी जोड दिएका छौँ', प्रधानाध्यापक शर्माले भन्नुभयो, 'त्यसैको एक उदाहरण हो नमुना मतदान पनि ।'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।