कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
आधी – आवादि एनभीए महिला भलिबल प्रतियोगिताको उपाधि चितवन टाइग्रेसले जितेको छ ।
सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै चितवनले उपाधि जितेको हाे । त्रिपुरेश्वरमा रहेकाे दशरथ रंगशालाको कवर्डहलमा बुधबार भएको फाइनलमा तीन अमेरिकी खेलाडी र अमेरिकी प्रशिक्षक रहेको चितवनले विभागीय टिम एपीएफलाई खेलभरी नै दबाबमा राख्यो ।
पहिलो सेट २५–२० ले जितेको चितवन पछिल्लो दुई सेटमा उत्कृष्ट प्रदर्शन गर्दै २५–१७ र २५–११ ले विजयी भयो ।
उपाधिसँगै चितवनले ६ लाख जितेको छ । उपविजेता बनेको एपीएफले तीन लाखमा चित्त बुझाएको छ । तेस्रो भएको न्यू डायमण्डले एक लाख ५० हजार पाएको छ ।
तेस्रो स्थानको प्लेअफमा न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई २५–१८, २५–२१ र २५–१९ को सोझो सेटमा हराएको थियो ।
चितवन टाइग्रेसकी अरुणा शाही माेस्ट भ्यालुएबल प्लेयर घाेषित हुँदै ५० हजार रुपैयाँ नगद पुरस्कारका साथै स्कुटर पनि प्राप्त गरिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।