चलचित्र ‘दैलो’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

 असोज १९, २०७५ शुक्रबार १२:३३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

चलचित्र ‘दैलो’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै युट्यूब मार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

समाजमा हुने गरका विभिन्न सामाजिक घटनाहरुलाई कथाका रुपमा प्रस्तुत गरिएको चलचित्रमा अविभावकको सन्तान प्रतिको जिम्मेवारी, समाजमा कुरितीको रुपमा रहेको दाइजो प्रथालगायतका कुराहरुलाई आकर्शक शैलीमा प्रस्तुत गरिएको बताइएको छ ।

जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरेश उप्रेतीको निर्माण तथा निर्देशन रहेको छ । चलचित्रमा विमल भट्टराईको छायांकन र तारा थापाको सम्पादन छ । अर्जुन उप्रेती तथा यसोदा उप्रेतीले संयूक्त रुपमा चलचित्र निर्माण गरेका हुन् ।

चलचित्रमा सुरेश उप्रेती, दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय रहेको छ । चलचित्र‘दैलो’ कात्तिक ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया