साप्ताहिक शेयर समीक्षा : तरलता अभाव भए पनि शेयर कारोबार घटेन

 असोज १९, २०७५ शुक्रबार १८:२२:३८ | ज्याेति दाहाल
unn.prixa.net

तरलता अभाव, बचतको ब्याजदर वृद्धि,  महत्वपूर्ण पर्व दसैं, पहिलो त्रैमासिक अवधिका बावजूद पनि शेयर कारोबारमा कमी आएको छैन ।

सूचकमा तलमाथि देखिए पनि कारोबार रकममा भने खासै कमी देखिएको छैन । कारोबारमा महत्वपूर्ण हिस्सा ओगट्ने वाणिज्य बैंक समूहले आर्थिक वर्ष २०७४-७५ को लाभांश घोषणा गर्लान् भन्ने आशा चालू हप्तामा पनि पर्खाइमै बितेको छ ।

लाभांश घोषणा गरेका विकास बैंक  र अन्य कम्पनीले  साधारणसभाका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरिसकेका छन् ।

नयाँ शेयर र हकप्रद

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले असोज २२ गते र प्रोग्रेसिभ फाइनान्सले २३ गतेसम्म हकप्रद भर्ने म्याद थप गरेका छन् । हकप्रद शेयर जारी गर्न स्वीकृति पाएको स्वदेशी लघुवित्तले आगामी २३ गतेबाट बिक्री खुला गर्ने भएको छ । चालू रहेका अन्य शेयर र हकप्रदसम्बन्धी विवरण तालिकामा उल्लेख छ :

लाभांश घोषणा

घोषित लाभांश र बुकसम्बन्धी जानकारी तालिकामा उल्लेख गरिएको छ :

 पारित लाभांश

लाभांश घोषणा भए पनि साधारणसभा नभएसम्म घोषित लाभांश केवल घोषणामा नै सीमित रहन्छन् । पारित भएका लाभांशको सूची तालिकामा प्रस्तुत गरिएको छ:

साधारणसभा

कम्पनीहरुले साधारणसभा समेत शुरु गर्न थालेका छन् ।

नियुक्ति 

एनएलजी इन्सुरेन्सले सुनिलवल्लभ पन्तलाइ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त  गरेको छ ।

अन्य गतिविधि

धितोपत्र बोर्डले चौतारी लघुवित्तलाई साधारण शेयर निष्काशन गर्ने अनुमति दिएको छ । त्यस्तै महुली सामुदायिक लघुवित्तलार्इ हकप्रद शेयर जारी गर्न पनि स्वीकृति दिएको छ ।

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, शुभम् पावर कम्पनी, रुरु जलविद्युत परियोजना, जनसेवी लघुवित्त, आशा लघुवित्त र स्पर्श लघुवित्तले साधारण शेयर जारी गर्न अनुमति मागेका छन् ।

ग्रीन लाइफ र रुरुले स्थानीयका लागि र बाँकी कम्पनीले सर्वसाधारण लागि अनुमति मागेका हुन् ।बाेर्डले यी सबै कम्पनीको प्रारम्भिक अध्ययन गरिरहेको छ ।

 

 

 

 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया