अलपत्र सडक : काम सडक डिभिजन कार्यालयमा, पैसा प्रदेश सरकारमा

 असोज १९, २०७५ शुक्रबार १९:३५:४४ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – सडक डिभिजन कार्यालय पाटन बैतडीमार्फत निर्माण भइरहेका तीन ओटा सडक निर्माणको काम अलपत्र परेको छ ।

सडक डिभिजन कार्यालयमार्फत निर्माण भइरहेका सडक प्रदेश सरकार मातहत आएपछि निर्माण कार्य अलपत्र परेको हो । प्रदेशमा संरचनाको अभाव हुँदा सडक निर्माण कार्य अघि बढ्न सकेका छैनन् ।

जिल्लाको पुरानो पाटन पञ्चेश्वर सडक निर्माण र कालोपत्रे गर्ने काम अघि बढ््न सकेको छैन् भने श्रीकोट सिल्लेगडा र उग्रतारा मेलौली सडक निर्माण कार्य अलपत्र परेको सडक डिभिजन कार्यालय पाटन बैतडीका इञ्जिनियर अर्जुन पौडेलले जानकारी दिनुभयो ।

पाटन पञ्चेश्वर सडकलाई ४५ किलोमिटर कालोपत्रे गर्ने र बाँकी रहेको ६ किलोमिटर ट्रयाक खोल्ने काम रहेकोमा चालु आर्थिक वर्षमा अघि बढाउन नसकिएको उहाँले बताउनुभयो । सो योजनाको बजेट प्रदेशमा गएको र प्रदेशमा कर्मचारी र संरचनाको अभावमा काम अघि बढ्न नसकेको हो । 

यस्तै १ सय १५ किलोमिटर लम्बाई रहेको श्रीकोट सिल्लेगडा सडकको पनि १२ किलोमिटर कालोपत्रे गर्ने र ट्रयाक खोल्ने गर्ने कार्य रोकिएको छ । सो योजनाको बजेट पनि प्रदेश सरकार मातहत गएकाले समस्या भएको छ । 

यसैगरी उग्रतारा मेलौली मेलौली सडक कालोपत्रे गर्ने कार्य पनि रोकिएको छ । निर्माण व्यवसायीहरुलाई काममा लगाउन अप्ठ्यारो भएको इञ्जिनियर पौडेलले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया