दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली भष्ट्राचार र शक्ति दुरुपयोग मुद्धामा दोषी ठहर : १५ वर्षकाे जेल सजाय

 असोज १९, २०७५ शुक्रबार २०:२९:४४ | रासस
unn.prixa.net

दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पदमा हुँदा भ्रष्टाचार र शक्ति दुरुपयोग गरेको ठहर गर्दै त्यहाँको एक अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ ।

घुस लिएको, आर्थिक हिनामिना गरेको र शक्ति दुरुपयोग गरेको अभियोग प्रमाणित भएको भन्दै अदालतने पूर्व राष्ट्रपति लीलाई झन्डै एक करोड १५ लाख डलर जरिवाना तिर्न आदेश गरेको छ । 

सन् २००८ देखि २०१३ सम्म दक्षिण कोरियाली सत्ता सम्हालेका ७६ वर्षीय लीले आफूविरुद्ध लगाइएका अभियोगहरू राजनीतिक रूपमा अभिप्रेरित भएको दाबी गर्दै आउनुभएको छ । दक्षिण कोरियामा जेल जाने उहाँ चौथो पूर्वनेता हनुहुन्छ । 

उहाँकी उत्तराधिकारी पार्क गुन हेलाई गएको अप्रिल महिनामा कारागार पठाइएको थियो । शक्ति दुरुपयोग गरेको र अरूलाई दबाब दिएको अभियोगमा पार्कलाई ३३ वर्षको जेल सजाय सुनाइएको थियो । 

पार्कलाई सिओलको पुनरावेदन अदालतले लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेका साथी चोई सुन–सिलको प्रभावमा परी भ्रष्टाचार गरेको अभियोगमा जेल सजाय तोकेएको थियो । 

उहाँविरुद्ध ठूला विरोधका कार्यक्रमपछि महाभियोग लगाई पदमुक्त गरिएको थियो । यसरी पदमुक्त हुने उहाँ प्रथम निर्वाचित राष्ट्रपति हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया