‘हजार जुनी सम्म’मा महंगो पारिश्रमिक लिँदै आर्यन सिग्देल

 असोज २१, २०७५ आइतबार ११:४४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

चलचित्र नाई नभन्नु ल को सफल प्रदर्शन पश्चात निर्देशक विकासराज आचार्य अर्को चलचित्रका निम्ति कस्सिएर लागेका छन् ।  आचार्यले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘हजार जुनी सम्म’का लागि कलाकारहरुको छनोट भइरहेको छ । 

निर्देशक आचार्यले नयाँ चलचित्रका लागि नायिका स्वस्तिमा खड्कालाई केही समय अघि नै अनुबन्धित गरिसकेका छन् । अब भने चलचित्रका निम्ति अधिकांश कलाकार फाइनल भएको निर्देशक आचार्यले जानकारी दिए । 

चलचित्रका लागि नायक आर्यन सिग्देल पनि फाइनल भएको बुझिएको छ । नायक आर्यन सिग्देल आफैँले निर्माण गरेको चलचित्र कायरा प्रदर्शन पश्चात खाली नै थिए । उनले निर्माण गरेको चलचित्र कायराले औषत व्यापार गरेको थियो ।

नायक आर्यन सिग्देल चलचित्र ‘हजार जुनी सम्म’का निम्ति महंगो पारिश्रमिकमा अनुवन्धित भएको बुझिएको छ । उनले १० लाख भन्दामाथि पारिश्रमिक लिएर चलचित्रमा लिखित सम्झौता गरेको बताइएको छ । चलचित्रका निम्ति आर्यन सिग्देलसँगै सलोन बस्नेत पनि फाइनल भएको बताइएको छ । 

निर्देशक आचार्य चलचित्रका निम्ति नयाँ नायकको खोजिमा थिए । नायकको खोजीकार्य पनि सम्पन्न भइसकेको विकासले बताए । चलचित्रका लागि नवनायक अकी प्रधान फाइनल भएको बताइएको छ उनी दिल्लीमा बस्दै आएका थिए।

विकासराज आचार्य र सामिप्यराज तिमिल्सिनाले संयुक्त रुपमा लेखेको चलचित्रमा नायिका प्रियंका कार्की पनि हुने लगभग फाइनल भएको बताइएको छ । 

–उज्यालो र गफगाफ डटकमको सहकार्य

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया