कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
लुम्बिनीमा वार्षिक रुपमा आयोजना हुँदै आएको लुम्बिनी शान्ति म्याराथन सन् २०२० मा भगवान बुद्धले बुद्धत्व प्राप्त गरेको स्थल बोधगयामा हुने भएको छ ।
बोधगयामा यो म्याराथन बोधगया एनलाइटेन्मेन्ट म्याराथनका रुपमा सेप्टेम्बरको पूर्णिमाका दिन आयोजना हुनेछ । भारतको नयाँदिल्लीमा भएको ग्लोबल रिलिजियस टुरिजम डाइलगमा लुम्बिनी शान्ति म्याराथनका परिकल्पनाकर बिक्रम पाँडेकाजीले बोधगयामा म्याराथन गर्ने घोषणा गर्नुभएको हो ।
‘लुम्बिनी शान्ति म्याराथनको तीन संस्करण सफलतापूर्वक संचालन हुँदै गर्दा यो शान्ति म्याराथन बोधगया प्रवेश गर्नलागेको हो’ पाँडेले भन्नुभयो ‘सिद्धार्थ गौतमले आफ्नो दरबारको राजकीय जीवन परित्याग गरेर मुक्तिको खोजिमा बोधगया गएकै झल्को आउने गरि यो म्याराथन हुने छ ।’
लुम्बिनी शान्ति म्याराथनले बोधगयामा आध्यात्मिक खेलको प्रवेश गराउन लागेको दावी उहाँले गर्नुभयो ।
भारतीय पर्यटन मन्त्री अल्फोन्स कन्नाथानमले बोधगया म्याराथनमार्फत बोधगयालाई लुम्बिनीसँग जोड्ने अवधारणाबाट आफू प्रभावित भएको बताउनुभयो ।
म्याराथन मार्गले बोधगयाका बौद्ध सम्पदास्थल जस्तै ८२ फिटको बुद्ध मुर्ति, माहाकाला गुफा, सेनानी गाउँ, सुजाता मन्दिर, माहाबोधि स्तुप लगायतलाइ समेट्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।