विवाह गर्दैछन् भारतीय कमेडियन कपिल शर्मा

 असोज २३, २०७५ मंगलबार १३:५५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

केही समयअघि सार्वजनिक खबरहरुमा भारतीय कमेडियन कपिल शर्मा छिट्टै नै उनको पुरानो चर्चित शो ‘द कपिल शर्मा शो’ लिएर टेलिभिजमा फर्किने बताइएको थियो ।

उनकाे कार्यक्रमकाे लाेकप्रियता खस्कँदै गएकाेले च्यानलले कार्यक्रम बन्द गर्पछि डिप्रेशन र अत्याधिक रक्सीका कारण चिन्नै नसकिने गरि मोटाएका कपिलले अहिले आफूलाई फिट बनाइसकेका छन् ।

टेलिभिजनकाे पर्दाबाट एकाएक गायब भएका कपिल शर्मा फेरि पुरानै शो मार्फत फर्कने खबरले उत्साहित भएका उनका प्रशंसकहरुका लागि एउटा अर्को खुशीको खबर सार्वजनिक भएको छ । 

मुम्बई मिररका अनुसार कपिल शर्मा उनकी प्रेमिका गिन्नी चतराथका साथ यही डिसेम्बर महिनामा विवाह गर्दैछन् । पञ्जाबी रीतिरिवाज अनुसार हुने विवाहको कार्यक्रम चार दिनसम्म चल्नेछ । 

विवाहमा उनका नजिकका साथीभाइ तथा आफन्त सहभागी हुनेछन् । विवाहको कार्यक्रम पञ्जाबमा रहेको कपिलको आफ्नै घरमा हुनेछ । कपिलको विवाहमा बलिउडका स्टार कलाकारहरु पनि सहभागी हुनेछन् । पञ्जाबको विवाहलगत्तै कपिलले मुम्बईमा पनि रिसेप्सन पार्टी आयोजना गर्नेछन । 

कपिल शर्माले केही समयअघि उनकी प्रेमिका गिन्नी चतराथसँग प्रेममा रहेको खबर आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेका थिए । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया