कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दीले तीन अंक जोडेको छ ।
सातदोबाटोकाे एन्फा मैदानमा शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइजविरुद्ध १ गोलले पछि परेको मनाङले उत्कृष्ट कमब्याक गर्दै ३–१ ले विजयी भयो ।
पहिलो हाफको २८औं मिनेटमा रजत तिवारीले गोल गरेका थिए । डी बक्स बाहिरबाट तिवारीले प्रहार गरेको बललाई मनाङका किपरले किलियर गर्न नसक्दा गोलमा परिणत भएको थियो । पहिलो हाफमा १ गोलले अग्रता लिएको ब्रिगेडले दोस्रा हाफमा भने त्यो अग्रता जोगाउन सकेन । दोस्रो हाफको शुरुमा मनाङले बराबरी गरेको थियो ।
मनाङका हेमन गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ५७औं मिनेटमा अफिज वलावाले गोल गर्दै मनाङलाई २–१ को अवस्थामा पुर्याएका थिए ।
सेकेण्ड हाफमा लय गुमाएको ब्रिगेडविरुद्ध वलावालेलेनै इन्जुरी समयमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए । शुक्रबारको खेलसँगै ए डिभिजिन लिगको पहिलो चरणको खेल सकिएको छ ।
गत असोज १३ गतेबाट शुरु भएको ए डिभिजन लिग बंगबन्धु गोल्डकपका कारण कहिदिन स्थगित भएर असोज २४ गतेबाट पुनः शुरु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।