गुर्जा हिमालमा हिमपहिरो : चार जना नेपाली नागरिकसहित नौजना बेपत्ता

 असोज २७, २०७५ शनिबार ९:२५:५० | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा हिमाल आरोहण गर्न गएको कोरियाली टोली हिमपहिरोमा परेको छ । 

७ हजार १९३ मिटर उचाइको गुर्जा हिमाल आरोहणमा गएका ५ जना कोरियन र ४ जना नेपाली टोली हावाहुरीका कारण बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

हिमाल आरोहणका लागि बेसक्याम्पमा बसेको टोली एक्कासि हावाहुरी आएर टेन्ट उडाएपछि बेपत्ता भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो । 

बेसक्याम्पमा चलेको चर्को हावाहुरीका कारण टाँगिएका त्रिपालहरु उडाएपछि आरोही टोली बेपत्ता भएको उहाँले जानकारी दिनुभयो । टे«किङ एजेन्सीमार्फत उद्धारका लागि हेलिकप्टर घटनास्थल पुगे पनि ल्याण्ड गर्न नसकेपछि फर्किएको उहाँले बताउनुभएको छ । 

हिमाल आसपासका क्षेत्रमा रहेको जङ्गलका रुख समेत हावाहुरीले भाचिँएको अवस्थामा भेटिएकाले अत्याधिक हावाहुरीले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

यसै साता मात्रै गूर्जा हिमाललगायत अन्य हिमाल आरोहणको लागि दुई टोली आधार शिविरतर्फ प्रस्थान गरेका थिए । एक दशकपछि मात्रै गुर्जा हिमाल आरोहणका लागि अनुमति दिइएको थियो । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया