कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
बागलुङ – २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ ।
बागलुङ जिल्लाको पश्चिम गलकोटमा सम्पन्न प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा एपीएफले नेपाल पुलिस क्बललाई सोझो सेटमा पराजित गर्दै उपाधि हासिल गरेको हो । यो उपाधि एपीएफको पाँचौ उपाधि हो ।
निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको फाइनलमा एपीएफले पुलिस क्लबलाई २५—१८, २५— १७ र २५ —२३ को सहज जित निकाल्न सफल भयो ।
प्रतियोगिताको तृतीय स्थानका लागि शनिबार नै भएको खेलमा त्रिभुवन आर्मि क्लब विजयी भएको छ भने प्रदेश नम्बर–५ ले सान्त्वना स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।
उपाधि विजेता एपीएफले नगद ५० हजार, उपविजेता नेपाल पुलिस क्लबले ३० हजार र तेस्रो हुने त्रिभुवन आर्मी क्लबले नगद २० हजार र ट्रफी प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि एपीएफएकी सरस्वति चौधरीले जितिन् । बेस्ट स्पाइकरको उपाधि त्रिभुवन आर्मी क्लबका निरुता ठगुल्नाले हात पारिन् भने बेस्ट सटर नेपाल पुलिस क्लबका कमला पुन, बेस्ट ब्लकर सशस्त्र प्रहरी बल (एपीएफ)का हिरा केसी र बेस्ट डिफेण्डरमा एपीएफकै मनिसा तामाङले बाजी मारिन् ।
यसैगरि बेस्ट सर्भिसमा नेपाल पुलिस क्लबकी कोपिला रानाले उपाधि हात पारिन् । उनीहरु सबैले नगद ५÷५ हजार र ट्रफी प्राप्त गरेका छन् ।
नेपाल भलिबल संघको आयोजना, जिल्ला भलिबल संघ बागलुङको व्यवस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा संचालन भईरहेको प्रतियोगिताबाट राष्ट्रिय टोलीका १८ खेलाडी र ६ बैकल्पिक लागि २४ खेलाडी समेत छनोट गरिएको नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।