साना जलविद्युत् आयोजना अनुमतिपत्रकाे ३५ वर्षे बन्देज हटाउन माग
माघ २, २०८१ बुधबार
केन्याको मध्य क्षेत्रमा हराएको एउटा सानो विमान दुर्घटना भएको र यसमा रहेका सवै जनाको मृत्यु भएको बिहीबार पुष्टी गरिएको छ ।
विमान हराएको दुई दिनपछि विमान संचालक संस्था र सरकारी अधिकारीहरूले बिहीबार उनीहरुको मृत्यु भएको पुष्टि गरेका हुन् । 'दुर्भाग्यवस हामीलाई उनीहरू कोही पनि जीवित नरहेको विवरण आएको छ, दिवंगत भएका यात्रुहरूको परिवारजनप्रति हामी अत्यन्त गहिरो समवेदना व्यक्त गर्दछौं', यातायात मन्त्रालयका प्रमुख सचिव पौल मारिङगाले भन्नुभयो ।
हराइरहेकाहरूको खोजी गर्न तथा घटनाका बारेमा अनुसन्धान गर्न एउटा टोली घटनास्थल तर्फ गएको थियो । दुर्घटनामा परेको व्यक्तिहरूका आफन्त भेला भएको वेस्टन होटलमा फ्लाई साक्सका अध्यक्ष कार्लेस वाकोले पत्रकारहरूलाई भन्नुभयो, “दुर्घटनामा परेको कोही पनि जीवित हुनुहन्न भन्ने खबरबाट हामी अत्यन्त विक्षिप्त भएका छौं ।”
दुर्घटनामा परेको विमान इष्ट अफ्रिकन सफारी एयर एक्सप्रेसको हो । जुन विमान गत मङ्गलबार मध्यान्ह पश्चिमी सहर कितालेबाट उडेको थियो ।
विमान उडेको झण्डै ८० मिनेटपछि सम्पर्क विहीन भएको संचालक कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दुर्घटनामा मृत्यु भएका यात्रुको आफन्तजनप्रति राष्ट्रपति उहुरु केन्याटाले पनि समवेदना व्यक्त गर्नुभएको छ । उहाँले दुर्घटनामा मृत्यु भएका यात्रुका आफन्तजनलाई आगामी दिनमा प्रशासनले सक्दो सहयोग गर्ने आश्वासन पनि दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।