च्याम्पियन्स लिग : पीएसजीलाई हराउँदै बायर्न म्युनिख क्वाटरफाइनलमा

 फागुन २५, २०७९ बिहीबार ८:३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जर्मन क्लब बायर्न म्युनिख र इटलियन क्लब एसी मिलान च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई दोस्रो लेगमा २–० गोलले हराउँदै समग्रमा ३–० को जितसहित बायर्न अन्तिम आठमा पुगेको हो । राउण्ड अफ १६ अन्तर्गतको पहिलो लेगमा बायर्न १–० ले विजयी भएको थियो । बायर्नको जितमा एरिक म्याक्सिम मोटीङ र सेर्जी जिनाब्रीले एक/एक गोल गरे ।

त्यस्तै एसी मिलान दोस्रो लेगमा इङ्लिस क्लब टोटनह्याम हटस्परसँग गोलरहित बराबरी खेल्दै समग्रमा १–० को जित निकाल्न सफल भयो । पहिलो लेगमा १–० गोलले विजयी एसी मिलान ११ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया