युक्रेनमा विजय नभएसम्म रुसको साथमा रहने उत्तर कोरियाको घोषणा
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ५२ रनले हराएकाे छ ।
नेपालले दिएकाे २ सय ९८ रनकाे लक्ष्य पछ्याएकाे पीएनजी ४७ ओभर १ बलमा २ सय ४५ रन बनाउँदा अलआउट भयाे । पीएनजीका लागि नाेरमान भानुवाले ६०, टाेनी उराले ५०, आसाद भालाले ४२ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने ४, दीपेन्द्रसिंह ऐरीले २ र कुशल मल्लले १ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९ ओभर १ बलमा २ सय ९७ रनमा अलआउट भयो । याे नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएकाे अहिलेसम्मकै उच्च स्कोर हाे । नेपालका लागि आसिफ शेखले १ सय १० रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो पहिलो शतक हो । यस्तै कुशल भुर्तेल ४५, भीम सार्की ४४ तथा कप्तान रोहित पौडेल ३० रन बनाए । बलिङतर्फ पीएनजीका सेमाे कमियाले ५ र रिले हिकुरेले ३ विकेट लिए ।
याे जितसँगै नेपालले साेझै विश्व कप छनाेट खेल्ने सम्भावना कायमै राखेकाे छ । नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन/जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी ३ वटै खेल जित्नुपर्ने हुन्छ । त्यस्तै एकदिवसीय मान्यता कायम राख्न अब १ खेल जित्नुपर्ने हुन्छ । एक खेल हारेको खण्डमा नेपालले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ ।
यस शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पीएनजी रहेका छन् । नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २/२ खेल खेल्नेछ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो । शृङ्खलाकाे अर्काे खेलमा नेपालले आइतवार यूएईसँग खेल्नेछ ।
अङ्क तालिकामा नेपाल ३३ खेलमा ३४ अङ्कसहित पाँचाैँ स्थानमा छ । पीएनजी उति नै खेलमा ९ अङ्कसहित तालिकाकाे पुछारमा छ । यूएई ३२ खेलमा ३१ अङ्कसहित छैटाैँ स्थानमा छ । लिग–२ का शीर्ष तीन टोलीले सोझै विश्व कप छनोट खेल्न पाउँछन् । स्कटल्यान्ड ५० अङ्कका साथ विजेता बन्दै र ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्व कप छनोटमा पुगेका छन् । बाँकी एक स्थानका लागि नेपालसहित नामिबिया र यूएई प्रतिस्पर्धामा छन् । यी तीन टोलीमध्ये एक टोलीले विश्वकप छनोट खेल्न पाउनेछन् । नामिबिया ३६ खेलमा ३९ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।