युक्रेनमा विजय नभएसम्म रुसको साथमा रहने उत्तर कोरियाको घोषणा
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज बिहीवार भएकाे खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जावलाखेलले न्युरोड टिम (एनआरटी) लाई २–१ गोल अन्तरले हरायो । जावलाखेलका लागि सिमान्त थापा र फोफानाले गोल गरे । एनआरटीका लागि सञ्जित विष्टले गाेल गरे । जावलाखेलको यो लगातार दोस्रो जित हो भने एनआरटीको दोस्रो हार हो । जावलाखेल २ खेलमा ६ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । एनआरटी २ खेलमा अङ्कविहीन हुँदै १२ औँ स्थानमा छ ।
आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले मच्छिन्द्र क्लबलाई २–० गोल अन्तरले हरायो । आर्मीका लागि दीपक गुरुङ र नवयुग श्रेष्ठले गोल गरे । आर्मीले २ खेलमा ४ अङ्कसहित तालिकाकाे चाैथाे स्थानमा छ । २ खेलमा खाता खाेल्न नसकेकाे मच्छिन्द्र पुछारमा छ ।
यस सिजनको 'ए' डिभिजन लिग डबल राउन्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ वटा खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।