युक्रेनमा विजय नभएसम्म रुसको साथमा रहने उत्तर कोरियाको घोषणा
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश सात विकेटले विजयी भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा सुदूरपश्चिम प्रदेश सात विकेटले विजयी भएको हो । मधेशले दिएको ६६ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले १० ओभरमा ३ विकेट गुमाएर भेट्टायो । सुदूर पश्चिमका लागि लागि रितु कनौजियाले सर्वाधिक २१ रन बनाइन् । यस्तै, रुबी पोदारले १४ र विन्दु रावलले १० रन बनाए ।
मधेश प्रदेशका लागि सरस्वती कुमारी, सन्तोषी चौथरी र अनुराधा चौधरीले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मधेश प्रदेश १९ ओभरमा ६५ रन बनाएर अलआउट भएको थियो । मधेशका लागि अलिसा यादव र सरस्वती कुमारीले समान १५÷१५ रन बनाए पनि अरुले दोहोरो अंक जोड्न सकेनन् ।
सुदूरपश्चिमका लागि लक्ष्मी साउदले ३ तथा सम्झना खड्का र रितु कनौजियाले समान २/२ विकेट लिइन् । यस्तै, कविता जोशी र ईश्वरी विष्टले एक एक विकेट लिए । आज नै हुने दोस्रो खेलमा कोशी प्रदेश र विभागिय टोली नेपाल एपीएफ क्लब खेल्ने छन् । यो खेल दिउँसो सवा १ बजे त्रिवि मैदानमा नै हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।