विश्वकप क्रिकेट लिग–२ : नेपालले आज अमेरिकासँग खेल्दै
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - विभागीय टोली एपीएफ क्लब, काठमाण्डौमा चलिरहेको ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज कोशी प्रदेशलाई ७ विकेटले हराएर लगातार तेस्रो जितसहित एपीएफ फाइनलमा प्रवेश गरेको हो ।
एपीएफले जितका लागि पाएको ८८ रनको लक्ष्य १८ ओभर एक बलमा ३ विकेट गुमाएर पूरा गर्यो । एपीएफका लागि ममता चौधरीले २१, कप्तान सीता रानामगरले १९ र इन्दु बर्माले १८ रन बनाए।
कोशीका लागि कप्तान रुविना क्षेत्री, अलिशा खडिया र निशा शाहले एक/एक विकेट हात पारे । त्यसअघि त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ८७ रन बनायो । कोशीका लागि काजल श्रेष्ठले २९, कप्तान रुविना क्षेत्रीले २४ र अप्सरी बेगमले २२ रन बनाए।
एपीएफका लागि कप्तान सीता रानामगरले ३ विकेट लिइन् । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा अस्ति बिहीवारदेखि सुरु भएको प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको छ। आउँदो १६ गते सम्पन्न हुने प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपीएफ क्लब, मधेस प्रदेश र ललितपुर मेयर्स-११ को सहभागिता रहेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।