युक्रेनमा विजय नभएसम्म रुसको साथमा रहने उत्तर कोरियाको घोषणा
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपाल रुससँग पराजित भएको छ । बङ्लादेशको ढाकामा हिजो बेलुका भएको खेलमा नेपाल ३–० गोलले पराजित भएको हो ।
रुसका एलिना गोलिकले दुई तथा पोलिना फिलसिनाले एक गोल गरिन् । रुसले तीन वटै गोल खेलको दोस्रो हाफमा गरेको थियो । जितसँगै अपराजित टोली रुस ३ खेलमा ९ अङ्क जोडेर शीर्षस्थानमा रहेको छ । समान खेलमा भारत र बङ्लादेशको ६ अङ्क छ । नेपालको उपाधि जित्ने सम्भावना सकिएको छ ।
नेपालको ३ खेलमा ३ अङ्क छ । अब नेपालले राउन्ड रोबिन लिगको अन्तिम खेलमा भोलि आयोजक बङ्लादेशसँग खेल्नेछ । साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल, बङ्लादेश, भुटान, भारत र रुस सहभागी छन् । सिङ्गल राउण्ड रोबिनपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।