मनाङ खप्तड गाेल्ड कपकाे फाइनलमा, क्यामरुनकाे एभिनर ६–० ले पराजित

 चैत १५, २०७९ बुधबार १८:१७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मनाङ मर्स्याङ्दी क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

धनगढी रङ्गशालामा आज बुधवार भएको खेलमा मनाङले क्यामरुनको क्लब एभिनरलाई ६–० गोलले हरायो । मनाङका लागि सेदजामाेल दाभ्लातजाेनाेभले ह्याट्रिक गर्दा जीवन गुरुङ, प्रशन्न श्रेष्ठ र अनिल गुरुङले १/१ गाेल गरे ।

आजकाे खेलमा खेलाडीकाे कागजी प्रक्रिया नपुगेपछि एभिनरले ९ जना खेलाडीसहित खेलेकाे थियाे । पछि फेरि २ जना खेलाडी राताे कार्ड पाउँदै बाहिरिएपछि एभिनर ७ जना खेलाडीमा समेटिएकाे थियाे । 

मनाङ तेस्रो पटक खप्तड गोल्ड कपको फाइनलमा पुगेको हो । मनाङले अब फाइनलमा सुदूरपश्चिम–११ र थ्री स्टारबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया