आईपीएल आजदेखि : उद्घाटन खेलमा चेन्नई र गुजरात खेल्दै

 चैत १७, २०७९ शुक्रबार ७:४७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएलको १६औँ संस्करण आजदेखि सुरु हुँदैछ । अहमदाबादमा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् ।

खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । अघिल्लो संस्करणको विजेता गुजरात हार्दिक पाण्ड्या तथा चेन्नई महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको छ । चेन्नई आईपीएलमा चार पटकको विजेता टोली हो । आईपीएल भारतका विभिन्न सहरमा हुनेछ ।

कोराेना महामारीपछि पहिलो पटक फ्रेन्चाइज टोलीले होम र अवे मैदानमा खेल्दैछन् । यसपटक १० टोली सहभागी छन् । सहभागी सबै टोलीले तयारी पूरा गरेका छन् । ५९ दिनसम्म चल्ने प्रतियोगितामा १० टोलीबीच ७४ खेल हुनेछन् । हरेक टोलीले १४ खेल खेल्नेछन् ।

१० टोलीबीच समूह चरणमा ७० खेल हुनेछन् र लिग चरणपछि अङ्क तालिकामा शीर्ष स्थानमा रहने शीर्ष ४ टोली प्लेअफका लागि छनोट हुनेछन् । यस सिजनदेखि इम्प्याक्ट प्लेयर नियम लागू हुनेछ । कुनै पनि टोलीले खेलको क्रममा १४ ओभर भित्रमा एक खेलाडी परिवर्तन गर्न सक्नेछन् ।
 

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया