युक्रेनमा विजय नभएसम्म रुसको साथमा रहने उत्तर कोरियाको घोषणा
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले लिड्स युनाइटेडलाई ४–१ गोलले हराएको छ ।
गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलका फरवार्ड गाब्रिएल जेससले दुई तथा बेन ह्वाइट र ग्रानिट झाँकाले एक/एक गोल गरे । लिड्सका रसमुस क्रिस्टेन्सेनले एक गोल फर्काए । जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले ८ अङ्कको अग्रता लिएको छ ।
आर्सनलको २९ खेलमा ७२ अङ्क भएको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ६४ अङ्क छ ।
हिजो भएको पहिलो खेलमा सिटीले लिभरपुललाई ४–१ गोलले हराएको थियो ।
त्यस्तै, गएराति भएको खेलमा चेल्सी पराजित भएको छ । चेल्सीलाई एस्टनभिल्लाले २–० गोलले हरायो ।
बर्नमाउथले फुलह्यामलाई तथा क्रिस्टल प्यालेसले लेस्टर सिटीलाई २–१ गोलले हराएको छ । ब्राइटन र ब्रेन्टफोर्डले ३–३ तथा नटिङ्घम फरेस्ट र उल्भ्सले १–१ गोलको बराबरी खेलेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।