युक्रेनमा विजय नभएसम्म रुसको साथमा रहने उत्तर कोरियाको घोषणा
कात्तिक १७, २०८१ शनिबार
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किंग्सले लगातार दोस्रो जित निकालेको छ । गएराति गुवाहाटीमा भएको खेलमा पन्जाबले राजस्थान रोयल्सलाई ५ रनले हरायो ।
पन्जाबले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९२ रन मात्रै बनाउन सक्यो । उसका कप्तान सन्जु स्यामसनले ४२ तथा सिम्रोन हेटमायरले ३६ रन बनाए । पन्जाबका नाथन एलिसले ४ तथा अर्शदिप सिँहले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो । पन्जाबका कप्तान शिखर धवन सर्वाधिक ८६ रनमा अविजित रहे । त्यस्तै प्रभसिमरन सिंह ६० रनमा आउट भए । सिंहको आईपीएल क्रिकेटमा यो पहिलो अर्धशतक हो । राजस्थानका जेसन होल्डरले २ विकेट लिए । रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले एक÷एक विकेट लिए । पन्जाब ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दुई खेलमा समान ४ अंक नै रहेको गुजरात टाइटन्स शीर्ष स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।