फिफा वरीयतामा नेपालकाे सुधार, अर्जेन्टिना ६ वर्षपछि शीर्ष स्थानमा

 चैत २३, २०७९ बिहीबार १७:१६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरीयतामा १ स्थान सुधार भएकाे छ । 

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १ स्थान सुधार गरेको हो । नयाँ वरीयतामा नेपाल ९ सय ६३ अङ्कका साथ १ सय ७४ औँ स्थानमा छ । यसअघि नेपाल १ सय ७५ औँ स्थानमा थियो ।

यसैबीच विश्व विजेता अर्जेन्टिना ६ वर्षपछि फिफा वरीयताकाे शीर्ष स्थानमा उक्लिएकाे छ । पछिल्लाे वरीयताअनुसार अर्जेन्टिना १ स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिएकाे हाे । यसअघि अर्जेन्टिना दाेस्राे स्थानमा थियाे । गएकाे डिसेम्बरमा कतारमा भएकाे विश्व कपकाे उपाधि जितेकाे अर्जेन्टिना यसअघि सन् २०१७ मा शीर्ष स्थानमा थियाे । अर्जेन्टिना सन् २०१८ मा चाैथाे, २०१९ मा नवाैँ, २०२० मा साताैँ, २०२१ मा पाँचाैँ र २०२२ मा दाेस्राे स्थानसम्म उक्लिएकाे थियाे ।  

फिफा वरीयताकाे दाेस्राे नम्बरमा कतार विश्व कपकाे उपविजेता फ्रान्स उक्लिँदा ब्राजिल तेस्राे स्थानमा झरेकाे छ । यस्तै बेल्जियम, इङ्ग्ल्यान्ड, नेदरल्यान्ड्स, क्राेएसिया, इटाली, पाेर्चुगल र स्पेन शीर्ष १० स्थानमा अटाएका छन् ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया