आईपीएल क्रिकेटमा चेन्नईले मुम्बईलाई ७ विकेटले हरायो

 चैत २६, २०७९ आइतबार ६:२७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले मुम्बई इन्डियन्सलाई हराएको छ । गएराति भएको खेलमा चेन्नईले मुम्बईलाई ७ विकेटले हरायो । मुम्बईको यो लगातार दोस्रो हार हो। चेन्नईको तेस्रो खेलमा दोस्रो जित हो।

जितको लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभर १ बलमा ३ विकेट गुमाउँदै भेट्टायो । चेन्नईका अजिक्या रहाणेले ६१ रन बनाए । उनले १९ बलमा अर्धशतक पूरा गरेका थिए ।

मुम्बईका जेसन बेहरनडोफ, पीयूष चवला र कुमार कार्तिकेले एक/एक विकेट लिए । त्यसअघि घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । मुम्बईका ईशान किशनले सर्वाधिक ३२ रन बनाए । चेन्नईका रविन्द्र जडेजाले ३ विकेट लिए । मिचेल सान्टनार र तुषार देशपान्डेले समान २ विकेट लिए ।

हिजो भएको पहिलो खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले हराएको थियो ।

आज दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो पौने ४ बजे गुजरात र कोलकाताबीच अहमदाबादमा खेल हुनेछ ।

त्यस्तै, दोस्रो खेलमा बेलुका पौने ८ बजे हैदराबाद र पञ्जाब खेल्नेछन् ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया