अन्तिम ओभरमा लगातार ५ छक्का प्रहार गर्दै रिंकू सिंहले काेलकातालाई जिताए

 चैत २६, २०७९ आइतबार १९:४६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा काेलकाता नाइट राइडर्सले गुजरात टाइटान्समाथि ३ विकेटकाे राेमाञ्चक जित निकालेकाे छ ।

गुजरातले दिएकाे २ सय ५ रनकाे लक्ष्य काेलकाताले अन्तिम बलमा ७ विकेट गुमाएर भेटायाे । काेलकाताका लागि वेङ्कटेश अयरले ८३ र रिंकू सिंहले नटआउट ४८ रन बनाए । अन्तिम ओभरमा जितका लागि २९ रन चाहिएकाेमा रिंकू सिंहले लगातार ५ छक्का प्रहार गर्दै टाेलीलाई जिताए । गुजरातका राशिद खानले ह्याट्रिकसहित ३ विकेट लिए ।

यसअघि अहमदाबादमा टस जितेर ब्याटिङ गरेकाे गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनाए । गुजरातका लागि विजय शङ्करले नटआउट ६३ र साई सुदर्शनले ५३ रन बनाए । काेलकाताका सुनिल नरायनले ३ विकेट लिए ।

याे जितसँगै काेलकाता ३ खेलमा ४ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ । गुजरात उति नै खेलमा नेट रनरेटकाे आधारमा चाैथाे स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया