कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
दोश्रो टेष्टको दाेस्राे पारीमा पाकिस्तानले अष्ट्रेलियालार्इ ५३८ रनकाे लक्ष्य दिएकाे छ ।
दाेस्राे पारिमा ९ विकेट गुमाउँदै ४०० रन जाेडेर पारी समाप्तिकाे घाेषणा गरेपछि अष्ट्रेलियाले ५३८काे लक्ष्य पाएकाे हाे ।
५३८ रनकाे लक्ष्य भेट्न जवाफी ब्याटिङ सुरु गरेकाे अष्ट्रेलियाले तेस्राे दिनकाे खेल सकिनुअघि जम्मा १२ अाेभर खेल्दै १ विकेट गुमाउँदै ४७ रन जाेडेपछि उसले पाकिस्तानसँगकाे दूरी घटाएर ४९१ मा झारेकाे छ । अाज टेस्टकाे तेस्राे दिन भएकाले जितका लागि अष्ट्रेलियाले २ दिनमा ४९१ रन बनाउनु पर्नेछ भने यसका लागि उसंग ९ विकेट मात्र बाँकी छ ।
त्यसैगरी पाकिस्तानलार्इ जितका लागि २ दिनमा जम्मा ९ विकेट लिए पुग्छ । निर्धारित पाँचाैं दिनसम्म बलिङ र ब्याटिङ दुवै टाेलीले अाफ्ना लक्ष्य भेट्न नसके खेल बराबरीमा टुंगिनेछ ।
दाेस्राे पारिमा पाकिस्तानका बाबर अाजमले ९९ र सरफराज अहमदले ८१ रनकाे याेगदान दिए । बलिङतर्फ नेथन लायनले ४ र एम लबुसेमले २ विकेट लिए ।
यसअघि, पाकिस्तानलाई २ सय ८२ रनमा अलआउट गर्दै पहिलो पालीको ब्याटिङ थालेको अष्ट्रेलियाले पहिलो पारीमा १ सय ४५ रन मात्र बनाउन सकेपछि १ सय ३७ रनले पछि परेको थियाे ।
पहिलाे पारिमा यसका लागि अष्ट्रेलियका आरोन फिन्चले ३९ र मिचेल स्टार्कले ३४ रन बनाए । पाकिस्तानका मोहम्मद अब्बासले ५ र बिलाल आशिफले ३ विकेट लिए । पाकिस्तानले दोश्रो पारीकाे ब्याटिङ शुरु गरेको छ । पहिलाे दाेस्राे दिनकाे खेल सकिनुअघि पाकिस्तानले दोस्राे पारीकाे४४ अाेभर खेल्दै २ विकेटकाे क्षतिमा १४४ रन बनाएकाे छ ।
यसरी हेर्दा दाेस्राे दिनकाे खेल सकिएपछि पाकिस्तानले अष्ट्रेलिया२८१ रनले पछाडि छाेडेकाे छ ।
यसैबीच, इंग्ल्याण्ड र श्रीलंकाको तेश्रो एकदिवसीय क्रिकेट वर्षाका कारण शुरु हुन सकेको छैन । ५ एकदिवसीय क्रिकेटको श्रृंखलामा इंग्ल्याण्ड १ शून्यले अघि छ । यी दुई देशबीच एक ट्वेण्टी-ट्वेण्टी र तीनवटा टेष्ट क्रिकेट पनि हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।