आईपीएल क्रिकेटमा हैदराबादले पञ्जाबलाई आठ विकेटले हरायाे

 चैत २७, २०७९ सोमबार ६:५२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पञ्जाब किङ्ग्सलाई पराजित गरेकाे छ । 

गएराति भएको खेलमा हैदराबादले पञ्जाब किङ्ग्सलाई आठ विकेटले पराजित गरेको हाे ।

पञ्जाबले दिएको एक सय ४४ रनको लक्ष्य हैदराबादले १७ बल बाँकी छँदै दुई विकेट गुमाएर भेट्टायो । यसअघि टस जितेर बलिङ रोजेको घरेलु टोली हैदराबादले  निर्धारित ओभरमा नौ विकेटको क्षतिमा एक सय ४३ रन बनाएको थियो । 

आईपीएल क्रिकेट अन्तर्गत हिजाे भएकाे खेलमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई हराएको थियाे । निकै रोमाञ्चक खेलमा काेलकाताले गुजरातलाई ३ विकेटले हराएको हो ।

अन्तिम ओभरमा जितको लागि २९ रन चाहिएकोमा काेलकाताका रिङ्कु सिंहले  लगातार पाँच वटा छक्का हान्दै टिमलाई जिताए । गुजरातले दिएको २ सय ५ रनको लक्ष्य कोलकाताले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया