प्रिमियर लिग : शीर्षस्थानकाे आर्सनल र लिभरपुलले बराबरी खेले

 चैत २७, २०७९ सोमबार ७:३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा शीर्ष स्थानको आर्सनलले लिभरपुलसँग २–२ गोलको बराबरी खेलेको छ ।

गएराति घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि मोहम्मद सलाहले ४२औँ र रोबर्टो फर्मिना ८७औँ मिनेटमा गाेल गरे ।

सुरुवाती दुई गोलको अग्रता लिएको आर्सनलका लागि मार्टिनेलीले ८औँ र गाब्रियल जेससले २८औँ मिनेटमा गोल गरे । बराबरीपछि आर्सनलले शीर्ष स्थानमा ६ अङ्कको अग्रता बनाएको छ । आर्सनलको ३० खेलबाट ७३ अङ्क भएको छ ।

दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६७ अङ्क छ भने उसले एक खेल कम खेलेको छ । लिभरपुल भने २९ खेलबाट ४४ अङ्कसहित आठौँ स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा क्रिष्टल प्यालेसले लिड्स युनाइटेडलाई ५–१ गोलले हराएको छ । 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया