तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सलाई ३ रनले हराउँदै राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ । गएराति चेन्नईमा भएको खेलमा राजस्थानले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन मात्रै बनाउन सक्यो ।
चेन्नईका डेभोन कन्वेले ५० रन बनाए । कप्तान महेन्द्र सिंह धोनी ३२ रनमा अविजित रहे । अजिक्का राहाने ३१ रनमा आउट भए । राजस्थानका युजभेन्द्र चहल र रविचन्द्रन आश्विनले समान २/२ तथा सन्दीप शर्मा र एडम जाम्पाले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।
राजस्थानका जोस बटलरले ५२ रनको अर्धशतकीय पारी खेले । देवदत्त पडिकलले ३८ तथा रविचन्द्रन आश्विनले ३० रन बनाए ।
त्यस्तै, शिमरन हिटमायरले अविजित ३० रन जोडे । चेन्नईका तुशारदेश पान्डे, रविन्द्र जडेजा र आकाश सिंहले समान २/२ तथा मोइन अलिले १ विकेट लिए ।
चौथो खेलमा तेस्रो जितका साथ राजस्थान ६ अङ्क जोडेर शीर्ष स्थानमा छ । चेन्नईको चौथो खेलमा दोस्रो हार हो । चेन्नई ४ अङ्कका साथ पाँचौँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।