एएफसी यू १९ महिला च्याम्पियनसिप छनौटमा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेल्ने

 कात्तिक ३, २०७५ शनिबार १३:५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

एएफसी १९ वर्षमुनिको महिला च्याम्पियनसिप छनौटमा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेल्ने भएको छ । 

आउँदो बुधबारदेखि थाइल्याण्डको चोनबुरीमा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग बुधबार खेल्नेछ । त्यसपछि आउँदो शुक्रबार भारतसँग खेल्ने नेपाली टिमले ११  गते आइतबार पाकिस्तानसँग खेल्ने तय भएको छ । तर समय पनि थाहा हुन सकेको छैन । 

६ वटा समूह रहेको प्रतियोगिताको समुह बी मा नेपालसहित थाइल्याण्ड, भारत, पाकिस्तान र सिंगापुर रहेका  छन् । 

समूह ए : अस्ट्रलिया, हङकङ, अफगानिस्तान, लेबनान, मंगोलिया
समूह बी : थाइल्याण्ड, भारत, पाकिस्तान, नेपाल 
समूह सी : उज्बेकिस्तान, किर्गिस्तान, यूएई गुआम, माल्दिभ्स
समूह डी : कोरिया गणतन्त्र, चाइनिज ताइपेयी, ताजिकिस्तान, बंगलादेश 
समूह ई : भियतनाम, जोर्डर्न, उत्तरी मारिना आइसल्याण्ड, मलेसिया 
समूह एफ : म्यानमार, इरान, प्यालेस्टाइन, लाओस 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया