युक्रेनमा विजय नभएसम्म रुसको साथमा रहने उत्तर कोरियाको घोषणा
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सङ्कटा क्लबले सशस्त्र प्रहरीकाे एपीएफ क्लबलाई हराएकाे छ ।
आज आइतवार ललितपुरकाे च्यासल मैदानमा भएकाे खेलमा सङ्कटाले एपीएफलाई १–० गाेल अन्तरले हरायाे । सङ्कटाका लागि खेलकाे २८ औँ मिनेटमा जुनियर एनकुन्गुएले पेनाल्टीमार्फत गाेल गरे । एपीएफका गाेलकिपर एडमा डोम्बियाले आयुष घलानलाई पेनाल्टी बक्सभित्र लडाएपछि सङ्कटाले पेनाल्टीको अवसर पाएको थियो ।
आजकाे खेलमा रेफ्रीले तीन जना खेलाडीलाई राताे कार्ड देखाएका थिए । खेलकाे दोस्रो हाफमा मनिष डाँगी र दिपेश धिमाल दोहोरो पहेँलो कार्ड पाउँदै बाहिरिएका थिए । एकअर्कामाथि हातपात गरेपछि रेफ्रीले दुवै जनालाई दोहोरो पहेँलो कार्डपछि रातो कार्ड देखाएका थिए । यस्तै सङ्कटाकै आन्द्रे थिएरीले पनि रातो कार्ड पाएका थिए ।
यस्तै एपीएफ र सङ्कटा दुवै क्लबको जर्सीको रङ्ग मिलेपछि आजको खेल निर्धारित समयभन्दा आधा घण्टापछि सुरु भएको थियो ।
याे जितसँगै सङ्कटा ९ खेलमा १५ अङ्कसहित तालिकाकाे चाैथाे स्थानमा उक्लिएकाे छ । एपीएफ उति नै खेलमा ११ अङ्कसहित नवाैँ स्थानमा छ ।
तस्बिर : एन्फा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।