विश्वकप क्रिकेट लिग–२ : नेपालले आज अमेरिकासँग खेल्दै
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्लाेरलाई ८ रनले हराएको छ ।
जितका लागि २ सय २७ रनको लक्ष्य पछ्याएको बेङ्लाेरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १८ रन बनायो । बेङ्लाेरका ग्लेन म्याक्सवेलले ७६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । कप्तान फाफ डु प्लेसिस ६२ रनमा आउट भए ।
विराट कोहली ६ रनमा बोल्ड भए । चेन्नईका तुसार देशपान्डेले तीन विकेट लिए । मथिसा पाथिरानाले दुई, आकाश सिंह, मोइन अली र महेष थिक्सेनाले समान एक/एक विकेट लिए । त्यसअघि बेङ्लाेरको घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २६ रन बनाएको थियो ।
चेन्नईका डेभन कन्वेले सर्वाधिक ८३ रन जोडे । शिवम् दुबे ५२ रनमा आउट भए । कप्तान महेन्द्रसिंह धोनी एक रनमा अविजित रहे । बेङ्लाेरका विजयकुमार वैश्यक, मोहम्मद शिराज, वेन पार्नेल, वानिन्दु हसरंगा, हर्षल पटेल र ग्लेन म्याक्सवेलले समान एक/एक विकेट लिए ।
जितसँगै चेन्नई अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । बेङ्लाेर सातौँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।