यूएईले कुवेतलाई १ सय ४३ रनले हरायाे

 वैशाख ६, २०८० बुधबार १६:२१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसीसी मेन्स प्रिमियर कपमा यूएईले विजयी सुरुवात गरेकाे छ । आज बुधवार भएकाे खेलमा युएईले कुवेतलाई १ सय ४३ रनले हरायाे । 

यूएईले दिएकाे ३ सय ७२ रनकाे विशाल लक्ष्य पछ्याएकाे कुवेत ३६ ओभर ३ बलमा २ सय २८ रन बनाउँदा अलआउट भयाे । कुवेतका लागि सयद माेनिबले ६८ र परविन्दर कुमारले ५३ रन बनाए । बलिङतर्फ यूएईका जुनैद सिद्दिकी र कार्तिक मय्यप्पनले ३/३ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे यूएईले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३ सय ७१ रन बनायाे । यूएईका लागि वृत्य अरविन्दले १ सय ८५ र राेहन मुस्तफाले १ सय १८ रन बनाए । २४ रनमा ३ विकेट गुमाएकाे अवस्थामा अरविन्द र मुस्तफाले चाैथाे विकेटका लागि २ सय ७५ रनकाे साझेदारी गरेपछि यूएईले विशाल याेगफल बनाएकाे हाे । बलिङतर्फ कुवेतका शाहरुख कुद्दुस र परविन्दर कुमारले २/२ विकेट लिए ।

याे जितसँगै समूह 'बी' मा रहेकाे यूएईले महत्त्वपूर्ण २ अङ्क जाेडेकाे छ । एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । हिजाे मङ्गलवारदेखि सुरु भएकाे प्रतियोगिता आउँदाे १८ गतेसम्म हुनेछ ।

प्रिमियर कपको समूह 'ए' मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह 'बी' मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया