एसीसी प्रिमियर कप क्रिकेट : ओमानसँगको खेलमा टस हारेर नेपाल ब्याटिङमा

 वैशाख ८, २०८० शुक्रबार ८:४९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानसँगको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दैछ ।

कीर्तिपुर मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । नेपालको यो ५०औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो । मङ्गलवार भएको पहिलो खेलमा नेपालले मलेसियालाई हराएको थियो । त्यस्तै बुधवार कतारसँग भएको खेलमा ओमान विजयी भएको थियो ।

त्यस्तै, एसीसी प्रिमियर कपको आजको अर्को खेलमा मूलपानीमा यूएई र हङकङबीच खेल हुँदैछ । १० देश सहभागी प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

प्रिमियर कपको समूह ’ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया र समूह ’बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया