युक्रेनमा विजय नभएसम्म रुसको साथमा रहने उत्तर कोरियाको घोषणा
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - नेपालका युवा अलराउन्डर कुशल मल्लले एसीसी प्रिमियर कप क्रिकेटमा ओमानसँगको खेलमा कीर्तिमानी शतक बनाएका छन् । कुशलले ५९ बलमा शतक पूरा गरे । उनले ९ चौका र ९ छक्कासहित शतक बनाए । कुशल ६४ बलमा १ सय ८ रनमा आउट भए । उनको यो कुनै पनि अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक हो ।
उनी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । कुशलले यसअघि सन् २०२२ मा पपुवा न्युगिनीसँगको खेलमा कप्तान रोहित पौडेलले बनाएको ९१ रनको कीर्तिमान तोडेका हुन् । समग्रमा उनी एकदिवसीयमा नेपालबाट शतक हान्ने छैटौँ खेलाडी हुन् ।
यसअघि पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले शतक बनाएका छन् । आजको खेलमा नेपालको सुरुवात खराब गरेको थियो । नेपालले पहिलो रन २८औँ बलमा जोडेको थियो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।