विश्वकप क्रिकेट लिग–२ : नेपालले आज अमेरिकासँग खेल्दै
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – आईसीसी मेन्स प्रिमियर लिगमा मलेसियाले ओमानलाई दुई सय २८ रनकाे लक्ष्य दिएकाे छ ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे मलेसियाले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर दुई सय २७ रन बनायाे । मलेसियाका लागि विरनदीप सिंहले सर्वाधिक ९४ रन बनाए । यस्तै मुहमद सयाहदतले ५५ रन बनाए । ओमानका जेशान मक्सूदले चार विकेट लिए ।
समूह 'ए' मा रहेकाे मलेसिया दुई खेलमा दुई अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । ओमान उति नै खेलमा समान अङ्क भए पनि नेट रनरेटकाे आधारमा तेस्राे स्थानमा छ ।
एसीसी प्रिमियर कपको समूह 'ए' मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह 'बी' मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।