ए डिभिजन लिगमा मनाङकाे लगातार पाँचाैँ हार

 वैशाख १२, २०८० मंगलबार १८:४७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज मङ्गलवार भएका खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लब विजयी भएका छन् ।

एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा पुलिसले मनाङ मर्स्याङ्दी क्लबलाई एक–शून्य गोलले हरायो । पुलिसका लागि मोहम्मद आशिकले गोल गरे । मनाङको यो लगातार पाँचौँ हार हो । मनाङले १२ खेलमा १५ अङ्क जोडेको छ भने पुलिसको नाै अङ्क रहेको छ ।

आजै दशरथ रङ्गशालामा भएको खेलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम (एनआरटी) लाई तीन–एक गोलले हरायो । फ्रेन्ड्सको जितमा राफिक अमिनु, टोरिक जेब्रिन र प्रकाश बुढाथोकीले गोल गरे । एनआरटीका सन्जिब विष्टले एक गोल फर्काए । फ्रेन्ड्सको १२ खेलमा १४ र एनआरटीको १३ अङ्क छ ।

अहिले दशरथ रङ्गशालामा त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडले खेलिरहेका छन् ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया