तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सलाई ३२ रनले हराउँदै राजस्थान रोयल्स अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ । राजस्थानको घरेलु मैदान जयपुरमा गएराति भएको खेलमा चेन्नई पराजित भयो ।
राजस्थानले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो । चेन्नईका शिवम् दुवेले सर्वाधिक ५२ रन जोडे । ऋतुराज गायकवाड ४७ रनमा आउट भए ।
राजस्थानका एडम जाम्पाले ३ तथा रविचन्द्रन अश्विनले २ र कुलदीप यादवले एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाएको थियो । राजस्थानका यशस्वी जयसवालले सर्वाधिक ७७ रनको अर्धशतकीय पारी खेले ।
ध्रुव जुरेलले ३४ र जोस बटलरले २७ रन बनाए । चेन्नईका तुसारदेश पान्डेले २ तथा रविन्द्र जडेजा र महेश थिक्सनाले समान १/१ विकेट लिए । जितसँगै राजस्थानको आठ खेलमा १० अङ्क भएको छ । समान आठ खेलमा १० अङ्क नै रहेको चेन्नई तेस्रो स्थानमा छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।