तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्ग्सलाई हराएको छ ।
गएराति मोहालीमा भएको खेलमा लखनउ ५६ रनले विजयी भयो । जितसँगै लखनउ अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लखनउले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले १९ दशमलव ५ ओभरमा अलआउट हुँदै २ सय १ रन मात्र बनाउन सक्यो ।
पञ्जाबका अथर्व ताइडेले ६६ रनको अर्धशतकीय पारी खेले । लखनउका यश ठाकुरले ४ र नभिन उन हकले ३ विकेट लिए । रवि विश्नोइले २ तथा मार्कस स्टोइनिसले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो ।
लखनउका मार्कस स्टोइनेसले सर्वाधिक ७२ रन जोडे । कायल मेयर्सले ५४ रन बनाए । पञ्जाबका कागिसो रबाडाले २ तथा अर्शदीप सिंह, लियम लिभिङ्स्टोन र साम करनले समान एक/एक विकेट लिए । आठ खेलमा पाँच जितसहित लखनउको १० अङ्क भएको छ ।
समान खेलमा चार जित रहेको पञ्जाब आठ अङ्कसहित छैटौँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।