नेपाल–यूएईकाे खेल आज हुन नसके भाेलि २७ ओभर ३ बलदेखि नै सुरु हुने

 वैशाख १८, २०८० सोमबार १४:२१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – एसीसी मेन्स प्रिमियर कपकाे फाइनलमा नेपाल र यूएईबीचकाे खेल अहिले वर्षाका कारण राेकिएकाे छ । 

कीर्तिपुरकाे त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरिरहेकाे यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएकाे अवस्थामा खेल वर्षाका कारण राेकिएकाे हाे । यसअघि यूएईले १६ ओभरमा ५ विकेट गुमाउँदै ६० रन बनाउँदा पनि खेल वर्षाका कारण राेकिएकाे थियाे । त्यसपछि सुरु भएकाे खेल फेरि वर्षाका कारण राेकिएकाे हाे । 

आज दिउँसाे ३ बजेसम्म नै पानी पर्ने सम्भावना भएकाले आज खेल सुरु हुने सम्भावना कम छ । तर दिउँसाे ३ बजेसम्म पानी राेकिएर २० ओभरसम्मकाे खेल सुरु हुन सक्ने स्थितिमा भने आजै खेल हुनेछ । आज खेल सुरु हुन नसकेमा भाेलि मङ्गलवार 'रिजर्भ डे' मा यूएईले यही अवस्था (२७ ओभर ३ बल– १ सय ६ रन) बाट सुरु हुनेछ । 

भाेलिकाे खेल पनि वर्षाले राेकिएमा ओभर घटाएर खेलाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर खेलाइनेछ । सुपर ओभर पनि हुन नसक्ने अवस्थामा भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताकाे आधारमा विजेताकाे टुङ्गाे लाग्नेछ । एकदिवसीय वरीयतामा नेपाल १४ औँ स्थानमा छ भने यूएई १९ औँ स्थानमा छ । यस्ताे अवस्थामा नेपाल विजेता हुनेछ र आउँदाे सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा छनाेट हुनेछ । एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Begam Bdr Pun Magar

    May 1, 2023, 5:16 p.m.

    The rain will stop and thanks ujyalo for the information.

  •  0 Reply

तपाईको प्रतिक्रिया