सन्दीपको अर्को छलाङ : मेलबर्न स्टार्सबाट बीबीएल खेल्ने
 

 कात्तिक ५, २०७५ सोमबार २१:१८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट लिग बिग ब्याश लिग(बीबीएल)का लागि मेलबर्न स्टार्समा आवद्ध भएका छन् ।

विश्वकै प्रमुख क्रिकेट लिग खेलिरहेका सन्दीप डिसेम्बरदेखि मेलबर्न स्टार्समा आवद्ध हुने भएका हुन् । उनी डिसेम्बर १० मा टिममा सहभागी भए  पनि जनवरी ५ मा बंगलादेश प्रिमियर लिग खेल्न जानेछन् । बंगलादेश प्रिमियर लिग सकिएपछि पुनः उनी बीबीएलका लागि अष्ट्रेलिया फर्किने क्रिकइन्फोले जनाएको छ ।

गएको जनवरीमा सन्दीप लामिछाने दिल्ली डेयरडेभिल्समा आवद्ध हुँदै आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका थिए । आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेपछि एकपछि अर्को गर्दै विश्वकै प्रमुख क्रिकेट लिगमा सन्दीपको माग बढिरहेको छ ।

क्यारेबियन प्रिमियर लिग, ग्लोबल टी–२० लिग क्यानडा, बंगलादेश प्रिमियर लिग हुँदै उनी बीबीएलसम्म आइपुगेका छन् । सन्दीपसँग अष्ट्रेलियामा ग्रेड क्रिकेट खेलेको अनुभव भने रहेको छ ।


 

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया