इङ्लिस प्रिमियर लिग : न्युक्यासल र म्यानचेस्टर युनाइटेड पराजित

 वैशाख २५, २०८० सोमबार ६:३९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले न्युक्यासललाई हराएको छ । गएराति भएको खेलमा आर्सनलले न्युक्यासललाई २–० गोल अन्तरले हराएको हो  । आर्सनलका लागि खेलको १४ औँ मिनेटमा मार्टिन ओडेगार्डले एक गोल गरे ।

यस्तै खेलको ७१ औँ मिनेटमा न्युक्यासलका फाबियन स्कारले आत्मघाती गोल गरे ।  जितसहित आर्सनलले प्रिमियर लिगको उपाधि होडमा आफूलाई कायम राखेको छ । आर्सनलले शीर्ष स्थानको म्यानचेष्टर सिटीसँगको दूरी एक अङ्कमा झारेको छ ।

शीर्ष स्थानको सिटीको ८२ अङ्क छ भने आर्सनलको ८१ अङ्क छ । न्युक्यासल  भने तेस्रो स्थानमा छ ।  उसको ६५ अङ्क छ । यस्तै, प्रिमियर लिग अन्तर्गत नै गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड वेस्ट ह्यामसँग पराजित भएको छ ।

वेस्टह्यामका सैद बेनरमाले खेलको २७औँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो । युनाइटेड ६३ अङ्कसहित तालिकाको चाैथो स्थानमा छ भने  वेस्टह्याम ३७ अङ्कसहित १५ औँ स्थानमा छ । 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया