आईपीएल क्रिकेटमा कोलकाताले पञ्जाबलाई ५ विकेटले हरायो

 वैशाख २६, २०८० मंगलबार ६:२०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्ग्सलाई ५ विकेटले हराएको छ ।

जितका लागि १ सय ८० रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका नितिश राणाले सर्वाधिक ५१ रन बनाए । आन्द्रे रसेलले ४२ तथा जेसन रोयले ३८ रन जोडे ।

पञ्जाबका राहुल चाहारले २ विकेट लिए । हरप्रित बरार र नाथन इल्सले एक/एक विकेट लिए । घरेलु मैदान इडेन गार्डेनमा टस जितेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

पञ्जाबका कप्तान शिखर धवनले सर्वाधिक ५७ रन बनाए । जितेश शर्माले २१ तथा साहरुख खानले अविजित २१ रन जोडे । कोलकाताका वरुण चक्रवतीले ३ तथा हर्षित राणाले २ विकेट लिए । जितसँगै कोलकाता ११ खेलमा १० अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा रहेको छ । समान खेलमा १० अङ्क नै रहेको पञ्जाब सातौँ स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया