कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
बिहीबारदेखि साफ यू-१५ च्याम्पियनसिप-२०१८ अायाेजना हुँदै
ललितपुर - आउँदाे बिहीबारदेखि ललितपुरको सातदोबाटोमा साफ यू-१५ च्याम्पियनसिप-२०१८ अायाेजना हुने भएको छ ।
नेपाल फुटबल संघ एन्फाले मंगलबार सातदोबाटोकाे आफ्नै कम्लेक्समा पत्रकार सम्मेलन गरि यसबारे जानकारी दिएको हो । सातदोबाटोकाे एन्फाको फुटबल मैदानमा हुने खेलमा नेपालको १५ वर्ष मुनिको राष्ट्रिय युवा टिम लगायत बंगलादेश, भारत, भुटान र पाकिस्तानी टिमको सहभागिता रहनेछ ।
एन्फाले टिमहरुको प्रशिक्षणका लागि सशस्त्र प्रहरीको हलचोक मैदान र मध्यपुर युथ एसोसियसनको प्रशिक्षण केन्द्र, सानोठिमीको मैदान मिलाइएको जनाएको छ । याे च्याम्पियनसिपमा १ करोड ६५ लाख रुपैयाँ खर्च हुने अनुमान एन्फाले गरेको छ ।
दक्षिण एसियाली फुटबल महासंघ, साफको कार्यक्रम अनुसार नै एन्फाको आयोजनामा साफ यू-१५ च्याम्पियनसिप-२०१८ अायाेजना हुन लागेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।