कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
काठमाडाैं - ‘विश्व भ्रमण’ मा रहेको आईसीसी एकदिवसीय विश्वकपको ट्रफी शुक्रबार नेपाल अाइपुग्ने भएको छ ।
सन् २०१९ मा इंग्ल्याण्डमा हुने एकदिवसीय विश्वकप क्रिकेटअघि ट्रफीलाई विश्व भ्रमण गराउने क्रममा आगामी शुक्रबारदेखि चार दिन नेपालमा ल्याइने भएको हो ।
आईसीसी मुख्यालय दुबइबाट शुक्रबार बेलुकी विश्वकप ट्रफी नेपाल आइपुग्नेछ । ट्रफीलाई शनिबार पोखरा लगिनेछ । पोखरा रंगशालामा ट्रफी प्रदर्शनीमा राखिने आईसीसीकाे नेपाल प्रतिनिधि भावना घिमिरेले जानकारी दिनुभयाे ।
पोखरामा पोखरा प्रिमियर लिग क्रिकेट जारी रहेको अवस्थामा आईसीसी ट्रफी पनि पोखरा लान लागिएको छ ।
आइतबार ट्रफी काठमाडौं ल्याइनेछ र दिनभर बसन्तपुर क्षेत्रमा सर्वसाधारणको अवलोकन तथा निरीक्षणको लागि राखिनेछ ।
आईसीसीको आधिकारिक भारतीय इभेन्ट म्यानेजमेन्ट कम्पनी इकम्पावर्सले ट्रफीको भ्रमण, सुरक्षा लगायत सबै बन्दोबस्त गरेको घिमिरेले जानकारी दिइन् ।
चन्द्रागिरी, स्वयम्भू र बसन्तपुर क्षेत्रमा विशेष फोटोशुटपछि ट्रफी सोमबार दुबई नै लगिनेछ ।
तीन महिनाभन्दा लामो विश्व भ्रमणमा रहेको ट्रफी ओमान, अमेरिका, वेष्ट इण्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश लगिसकिएको छ ।
नेपालबाट भारत, न्युजील्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवाण्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी हुँदै बेलायत लगिनेछ । यसबीचमा ट्रफीले २१ देशका ६० शहर भ्रमण गर्नेछ ।
फिफाले विश्वकप हुनुअघि ट्रफी टूर सुरु गरेसँगै क्रिकेटमा पनि आईसीसीले यस्तो सुरुआत गरेको हो । फुटबल विश्वकपको ट्रफी सन् २०१३ मा नेपाल ल्याइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।