'ए' डिभिजन लिग : चर्च ब्वाइज र हिमालयन शेर्पाकाे बराबरी, आर्मीले फ्रेन्ड्सलाई हरायो

 जेठ ८, २०८० सोमबार १७:४२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबसँग बराबरी खेलेको छ ।

ललितपुरको च्यासल मैदानमा भएको खेलमा चर्च ब्वाइज र हिमालयन शेर्पाले १–१ गोलको बराबरी खेलेका हुन् । चर्च ब्वाइज २० खेलमा ३७ अङ्कसहित शीर्ष स्थानमा छ भने हिमालय शेर्पा २६ अङ्कसहित सातौँ स्थानमा छ ।

आजै एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको अर्को खेलमा त्रिभुवन आर्मीले फ्रेन्ड्स क्लबलाई ३–० गोलले हराएको छ । जितसँगै आर्मी २९ अङ्कसहित पाँचौँ स्थानमा पुगेको छ । फ्रेन्ड्स २१ अङ्कसहित ‘रेलिगेशन जोन’ मा रहेको छ ।

१४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ’बी’ डिभिजनमा घटुवा हुनेछन् ।

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया