आईपीएल क्रिकेटको फाइनलमा पुग्न आज चेन्नई र गुजरात खेल्दै

 जेठ ९, २०८० मंगलबार १०:१९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् ।

खेल चेन्नईमा बेलुका पौने ८ बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । आज पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । गुजरात साविक विजेता टोली पनि हो । गुजरात १४ खेलमा २० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा र चेन्नई समान खेलमा १७ अङ्कका साथ दोस्रो स्थानमा छ ।

समान १४ खेलमा १७ अङ्क नै रहेको लखनउ सुपर जायन्ट्स तेस्रो र १६ अङ्क रहेको मुम्बई चौथो स्थानमा छ । लखनउ र मुम्बईबीच भोलि एलिमिनेटर खेल हुनेछ । शुक्रवार दोस्रो क्वालिफायरमा एलिमिनेटर विजेता र पहिलो क्वालिफायरमा पराजित हुने टोलीबीच खेल हुनेछ ।

आईपीएलको फाइनल खेल आइतवार हुनेछ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया