हिन्द महासागरमा ‘तातो दिन’ १० गुणा बढ्ने

 बैशाख २४, २०८१ सोमबार ६:४३:२७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

हिन्द महासागर तीव्र गतिमा तातिरहेको एक अध्ययनले देखाएको छ । पहिले हिन्द महासागरमा हरेक वर्ष २० दिन अत्यधिक गर्मी हुने गरेकामा अब चाँडै यो १० गुणा बढ्ने वैज्ञानिकहरूले बताएका छन् । यो प्रति वर्ष २ सय २० देखि २ सय ५० दिन हुने भारतीय म्यागजिन `डाउन टु अर्थ´ले जनाएको छ ।

हिन्द महासागरमा समुद्री तापको लहरको असर परेर अत्यधिक तापक्रम बढ्दा भारत, माल्दिभ्स लगायत ४० देशले समस्या भोग्नुपर्ने खबरमा उल्लेख छ । यसका कारण बेमौसमी वर्षा, आँधी, अचानक बाढी लगायतका प्रकृतिक विपत्तिको सम्भावना बढ्ने इन्डियन इन्स्टिच्युट अफ ट्रपिकल मेटियोरोलोजीका वैज्ञानिकले गरेको अध्ययनले बताएको छ ।

अध्ययनले हिन्द महासागरमा जलवायु परिवर्तनको गतिलाई देखाएको छ । जसले मौसमी घटनाहरू बढाउने सङ्केत गरेको छ । विश्वको एक तिहाइ जनसङ्ख्या हिन्द महासागरसँग सिमाना जोडिएका देशहरूमा बस्छन् ।  हिन्द महासागरको औसत तापक्रम १ दशमलव २ देखि ३ दशमलव ८ डिग्री सेल्सियसले बढ्ने अनुमान गरिएको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया